Logo

भेनेजुएलाको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ३७ जनाको मृत्यु



काठमाडौं, १ भदौ । भेनेजुएलाको एक कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ ।

प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका छन् । १ सय ५ जना कैदीबन्दी रहेको यो कारागारमा सामान्य वादविवादपछि झडप भएको हो ।

घटना लगत्तै कारागारको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । कारागारमा रहेका बाँकी कैदीबन्दीलाई सुरक्षित राखिएको छ ।(एजेन्सी)



प्रतिक्रिया दिनुहोस्

Screenshot