Logo

जनकपुर पुगेर प्रचण्डले भने,‘संविधान संशोधन प्रस्ताव पारित हुन्छ’



काठमाडौं, १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव जुनसुकै हालतमा पारित हुने ठोकुवा गरेका छन् ।

आज जनकपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले उक्त विधेयक पारित गर्न सरकार र सत्तारुढ दलहरु लागि परेको विश्वास दिलाए ।

उनले विधेयक पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सकारात्मक रहेको उल्लेख गर्दै सरकारले आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको बताए ।

प्रचण्डले विधेयकलाई प्रक्रियामा लैजान प्रमुख प्रतिपक्ष एमाले सहमत रहेको पनि बताए । जनकपुरमा प्रचण्डले बाढि र डुबानबाट तराईमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत, उद्धार र पुनस्र्थापनाको काममा जुट्न पनि सबैमा आह्वान पनि गरे ।

उनले तराईका जनतालाई राहत उपलब्ध गराउन पहाडका जनता आतुर रहेको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्