Logo

दुवै निर्वाचन एकै चरणमा गर्नेबारे तीन दल र निर्वाचन आयोगकावीच सहमति जुट्दै



काठमाडौं, १ भदौ । संविधान अनुसार यही २०७४ माघ ७ गतेभित्र गर्नैपर्ने प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्न बर्तमान सरकारले सक्रियता देखाएको छ ।

यसअघि माघ ७ भित्रै तीनवटै निर्वाचन नहुने हो कि भन्ने आशंकाकाबीच सरकारले यस्तो सक्रियता देखाएको हो । दुवै निर्वाचन एकै चरणमा सम्पन्न गर्नको लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु र निर्वाचन आयोगका पदाधिकारीहरुवीच गम्भिर छलफल भैरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव लगायत सम्मिलित छन् ।

अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलासँग भनेका छन्, ‘हामी बैठकमा सहभागी हुन्छौं, दुवै निर्वाचन एकै चरणमा गर्छौं, यदि दुवै निर्वाचनको लागि चाहिने ऐन तथा कानूनहरु समयमै दिए हामी दुवै निर्वाचन एकै चरण्मा गर्न सक्छौं।’

असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको तयारीसँगै सरकार र निर्वाचन आयोगले प्रदेश र केन्द्रीय संसदको निर्वाचनका लागि सक्रियता देखाएपछि मतदातामा समेत नयाँ परिवेशमा नयाँ ढंगले हुने चुनावप्रति चासो बढ्न पुगेको छ ।

जारी बैठकले आजै दुवै निर्वाचन एकै चरणमा गर्नेबारे निर्णय गर्ने बुझिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्