Logo

शेयरबजारमा लगातार गिरावट, साताको अन्तिम दिन यस्तो छ कारोबार



भदौ १, काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचृन्जको कारोबारमा सामान्य अंकको गिरावट आएको छ । विहिबार १ हजार ६ सय २९ दशमलव १६ अंकबाट हरियो भएर सुरु भएकोमा कारोबार बन्द हुँदा १ हजार ६ सय २९ दशमलव ७५ अंकमा कारोबार बन्द भएकोछ । समग्रमा बजार ०.१८ प्रतिशतले ओरालो लागेको हो ।
विहिबार नेप्से परिसुचक २ दशमलव ९१ अंकले ओरालो लागेर १ हजार ६ सय २९ दशमलव ७५ अंकमा बन्द भएको छ । त्यसैगरी क बर्गका कम्पनीहरुकाो कारोबार मापन गर्नैै सेन्सेटिभ परिसुचक शून्य दशमलव ५१ अंकले ओरालो लागेर ३ सय ४२ दशमलव ३४ अंकमा बन्द भएकोछ । विहिबार पुँजी बजार सामान्य अंकले तल झरे पनि लगानीकर्ता भने बजारप्रति निकै उत्साहित देखिएका छन् ।

परिसुचक घटपनि विहिबार कारोबार रकमभने बुधबारको तुलनामा केही बढेको छ । विहिबार जम्मा १६६ कम्पनीको ७५ करोड ७० लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । ६ हजार ८ सय २७ वटाको कारोबारबाट जम्मा ३२ लाख १५ हजार १२८ कित्ता सेयर कारोबार भएकोछ । नेप्सेमा सुचीकृत का ८ वटा उपसमूहमध्ये २ वटामा हरियाली छाएको छ भने बाँकी ६ वटामा ओरालो लागेको छ । विहिबार जलविधुत समूहको परिसुचक ३ दशमलव ५३ अंकले उकालो लागेर १ हजार ८ सय ६५ दशमलव ९ शून्य अंकमा बन्द भएकोछ ।

त्यसैगरी बाणिज्य बैक समूहको परिसुचक शून्य दशमलव ५२ अंकले उकालो लागेर १ हजार ४ सय १६ दशमलव ६ शून्य अंकमा बन्द भएकोछ । त्यसैगरी विहिबारको कारोबारमा उत्पादन तथा प्रशोधन समूहमा ५९ अंकले ओरालो लागेको छ । त्यसैगरी, बिमा समूहको परिसूचक पनि ३८.१५ अंकले, होटल समूहको परिसुचक ८ दशमलव शून्य २, विकास बैंक ५ दशमलव शून्य ५, फाइनान्स शून्य दशमलव ८ दुई र अन्य समूह ४ दशमलव ३४ अंकको गिरावट आएको छ । विहिबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै सोही कम्पनीको संस्थापक शेयर ३ करोड ३३ लाखभन्दा बढी रुपैयाँको शेयर कारोबा भएको छ । विहिबार सर्वा्धिक कमाउनेमा सिर्जना फाइनान्सका लगानीकर्ता रहेका छन् । यसदिन यो कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै विहिबारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टीलरी लिमिटेडका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्यमा ९ दशमलव ४६ प्रतिशतको गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस्