Logo

ओली फकाउन देउवाको कसरत



काठमाडौ, २ भदौ । आगामि आइतवार संविधान संसोधन विद्येयक ब्यवस्थापिका संसदमा निर्णयार्थ पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गराउने आन्तरिक कसरतमा जुटेका छन ।

राष्ट्रिय जनता दल नेपालका नेताहरुले संसदीय प्रक्रियाबाट पास फेल जे भएपनि त्यसलाई स्विकारेर तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि हुने सहमति गरेपनि प्रधानमन्त्री भने कुनै पनि हालमा संसोधन पारित गराउँने लक्ष्यसहित कसरमा जुटेका हुन ।

यसको लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयासलाई तिब्रता दिएका छन । ओली संविधान संसोधनको विपक्षमा देखिएपछि देउवाले एमालेका प्रभावशाली दोस्रो तहका नेताहरु (जसको कुरा ओलीले सुन्छन) लाई फकाउने प्रयास गरिरहेका छन । उनले एमालेका प्रभावशाली दोस्रो तहका नेताहरुसँग निरन्तर अनौपचारिक रुपमा छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

ओली नमानेपछि उनले विकल्पको रुपमा एमालेभित्र संसोधनको पक्षमा बातावरण बनाउने गरी दोस्रो तहको नेतासँगको छलफललाई बाक्लो बनाएका हुन ।
देउवा संसोधन प्रस्तावको पक्षमा भन्दा पनि सरकारले पेश गरेको विद्येयक संसदबाट अस्विकृत हुँदा सरकारमाथि नैतिक प्रश्न र दवाव बढ्ने अनुमानसहित कुनै पनि हालतमा प्रस्ताव पारित गराउने कसरमा जुटेका हुन ।

बालुवाटार स्रोतले सरकारको प्रस्ताव असफल हुँदा सरकारमाथि नै नैतिक प्रश्न उठ्ने र त्यसले भोलीको दिनमा सरकार विरोधी माहौल बनाउने चिन्तामा देउवा रहेको जनाएको छ ।

देउवाले एमालेसहित दुई तिहाई बहुमत पु¥याउने गरी अन्य साना ठूला दलहरुसँग समेत निरन्तर छलफलहरु गरिरहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्