Logo

बाढीपीडितको समस्या समाधानका लागि प्राधिकरण निर्माण गर्नुपर्छ : नेत्री कोइराला 



काठमाडौँ, २ भदौ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाढीपीडितको समस्या समाधानका लागि बाढीपीडित पुननिर्माण प्राधिकरण बनाउनुपर्ने बताउनुभएको छ ।
नेत्री कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका कारण तराईका विभिन्न भागमा भएको डुवानका कारण मानिसले ज्यान गुमाएको र कयौँ व्यक्ति बेपत्ता भएको भन्दै वाढीबाट वेपत्ता भएका व्यक्तिको खोजी गरी उचित राहतको व्यवस्था गर्न प्राधिकरण आवश्यक रहेको बताउनुभएको हो ।
वि.स. २०४८ सालमा वागमतिमा नदीको किनारामा रहेको पौरही गाविस बाढीले बगाउँदा तत्कालिन काँगेस सभापति कृष्णप्रसाद भट्टराई तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले बाढीपीडितलाई बस्नका लागि उचित आवासको व्यवस्था गरेको स्मरण गर्दै नेत्री कोइरालाले उक्त कुरालाई वर्तमान सरकारले समेत आत्मासाथ गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बाढीले घरहरु बगाएको, कृषि क्षेत्र तहसनहस पारेको भन्दै पीडितलाई तत्काल बसोबासको व्यवस्था मिलाउन सरकार गम्भीर बन्नुपर्छ, नेत्री कोइरालाले भन्नुभयो । प्राधिकरणमार्फत विदेशबाट सहयोग लिएर बाढीपीडितसमक्ष लैजानुपर्ने नेत्री कोइरालाको भनाई थियो ।
उहाँले भन्नुभयो, अहिले सरकारले दिएको राहत बाढीपीडितका लागि पर्याप्त छैन, त्यसैले प्राधिकरण निर्माण गरेर आवश्यक राहत सामाग्री पु¥याउँ ।



प्रतिक्रिया दिनुहोस्