Logo

साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट सुरु



काठमाडौं, २ भदौ । साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको फुटबल टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बंगलादेशले श्रीलंकाको सामना गर्ने छ । सहभागी राष्ट्रहरुलाई दुई समुहमा बिभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।

समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्ने छ ।



प्रतिक्रिया दिनुहोस्