Logo

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान



काठमाडौँ, २ भदौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए ।

उक्त वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान नास्टको समन्वय तथा नेपालका लागि जर्मन राजदूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको थियो ।

युरोपली संघको लगानी रहेको यो आयोजनाको कूल लागत करिब रु एक अर्ब ४५ करोड २० लाख ९१२ मिलियन यूरो० रहेको बताइएको छ ।

यस किसिमको अध्ययन नेपालको नागरिक उड्डयन र कृषि व्यवसायका लागि उपयोगी हुने विज्ञ बताउँछन् । नास्टका उपकूलपति प्रा डा जीवराज पोखरेलले उचाइमा जलवायुको प्रकृति कस्तो हुन्छ भनी अध्ययन गरी तथ्य पत्ता लगाउने र त्यसको आधारमा आउँदा दिनमा विपद् व्यवस्थापनमा प्रयोग गरिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्