Logo

अन्ततः देवेन्द्र पौडेललेपनि बाबुरामको साथ छोडे



काठमाडौँ, २ भदौ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्।

नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्।
साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन्।

नयाँ शक्तिको वैचारिक कार्यदिशाको अलमल र अस्पष्टता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको हो।

नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन्।



प्रतिक्रिया दिनुहोस्