Logo

पहिलो हस्ताक्षरलाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा अध्यक्ष राणाको रिट



काठमाडौँ, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी दर्ताका लागि एकपटक हस्ताक्षर गरेकालाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि एकपटक बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने आदेशको माग गरिएको छ ।

राप्रपाबाट साउन २२ गते फुटेपछि राप्रपा लोकतान्त्रिक नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ६९ जना (४० प्रतिशत) पार्टीका नेता कार्यकर्ताको हस्ताक्षर बुझाएको थियो तर आयोगले पुनःनाम सनाखत गर्नका लागि भदौ ४ गतेसम्मका लागि समय दिएको सूचना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको सोही सूचनाविरुद्ध राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्