Logo

करेन्ट लागेर मोरङमा एक कामदार युवकको मृत्यु



विराटनगर, ३ भदौ । करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–४ बस्ने १८ वर्षीय अनिलकुमार साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । सोही गाउँपालिका–४ स्थित हिमालय सिटी रिक्सा उद्योगमा काम गर्ने साह उद्योगको छाना सफाइ गर्ने क्रममा बिजुलीको तार छुन गएपछि गम्भीर घाइते भएकामा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्