Logo

बार्सिलोना आक्रमणका मूख्य आरोपी ओकाबीर मारिए



बार्सिलोना, ३ भदौ । स्पेनको बार्सिलोनामा भएको आतंककारी आक्रमणका मूख्य आरोपी मारिएका छन् ।

आक्रमणका मूख्य आरोपी स्पेनकै नागरिक मुसा ओकाबीर मारिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार्सिलोनामा भएको आक्रमणमा १३ र क्यामब्रिल्समा १ गरी १४ जनाको ज्यान गएको थियो ।

क्यामब्रिल्समा प्रहरीले गरेको कारवाहीको क्रममा पाँच जनाको मृत्यु भएको थियो । त्यही क्रममा मारिएकामध्ये मूख्य आक्रमणकारी मुसा ओकाबीर पनि रहेको स्थानीय प्रहरीले पुष्टि गरेको हो ।

आक्रमणमा संलग्न भएको आशंकामा अरु चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बार्सिलोनाको रामब्लासमा मानिसको भिडमा भ्यान चालाउँदा १३ जनाको ज्यान गएको हो । प्रहरीको कारवाहीमा मारिएका ओकाबीर स्पेनिस नागरिक भए पनि घटनामा संलग्न धेरैजसो मोरक्कोका छन् । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्

Screenshot