Logo

प्रधानमनत्री देउवाले डाकेको पूर्वप्रधानमन्त्रीको बैठक ओली र नेपालद्धारा बहिष्कार



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणको बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरु भेला भैसकेका छन् । देउवाको यही भदौ ७ गतेदेखि भारत भ्रमण हुँदैछ । भ्रमणको विषयमा केन्द्रित रहेर देउवाले छलफल प्रारम्भ गरेका हुन् ।

तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बहिष्कार गरेका छन् । स्रोतका अनुसार दुवै नेता अहिले काठमाडौं उपत्कामा नै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot