Logo

रामचन्द्र झासहितका नेता पुनः माओवादी केन्द्रमा



काठमाडौं, ४ भदौ । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरु डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति छाडेर पुनःनेकपा माओवादी केन्द्रमा फर्किएका छन् । आइतबार माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
उनीहरुसँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु माओवादी प्रवेश गरेका छन । ‘पारसमणि’ भने विप्लव समूहबाट आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्