Logo

२१ राज्यमन्त्री थप्ने तयारी



काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा गठित मन्त्रिमण्डलमा २१ राज्यमन्त्री थप गर्ने तयारी गरेका छन । मन्त्रिमण्डलमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको हो ।
माओवादीबाट राज्यमन्त्रीमा नियुक्तिका लागि पार्टीले सिफारिस गरेकोमा मोहमद जाकिर हुसेन (उर्जा) , रामसिंह यादव (परराष्ट्र), श्यामकुमार श्रेष्ठ, रामेछाप (गृह), शम्भु श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (शहरी विकास), गोमा कुँवर (पशुपंक्षी), वांग्दी शेर्पा (सामान्य प्रशासन) रहेका छन्।

थप भएका माओवादीका ८ जना राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले सपथ गराउने तयारी भईरहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्