Logo

बहुमतका खेलाडी देउवा दुई तिहाईमा किन असफल ?



काठमाडौ, ४ भदौ । नेपाली राजनीतिमा बहुमतको खेलमा प्रधानमन्त्री शेरबहादुर देउवा सधै सफल रहँदै आएका छन । अल्पमतमा रहँदा बहुमतको सरकार बनाउने देखि महाकाली सम्झौता पारित गराउने सम्मका भूमिकामा उनी सधै बहुमत जुटाउन माहिर खेलाडीको रुपमा स्थापित हुँदै आए । पछिल्लो समयमा माओवादी केन्द्रलाई एमालेसँगको गठबन्धन तोडेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बेलासम्म पनि उनी बहुमत जुटाउन सक्ने आफ्नो छविमा खरो उत्रिए ।
यसपटक देउवाले ३८८ ब्यवस्थापिका संसदको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गरे तर सरकार निर्माणको बेला जुटेको मतलाई देउवाले सम्हाल्न नसक्दा अहिले संविधान संसोधन विद्येयकमा दुई तिहाई बहुमत जुटाउने सवालमा उनी सफल नहुने संकेतहरु देखिएका छन ।
कमल थापा नेतृत्वको राप्रपाले आफूलाई संविधान संसोधनको विपक्षमा उभ्याएरपछि देउवा संविधान संसोधनमा दुई तीहाई जुटाउन असफल हुने स्थिति देखिएको हो ।
देउवाले सरकार गठनकै बेलादेखि गरेको तीन गल्तीका कारण अहिले उनी असफलताको बाटोमा अघि बढ्ने स्थिति बनेको हो ।
पहिलो चरणमा देउवाले आफ्नो नेतृत्वमा सरकार गठन गर्दा आफूसहित दुई दललाई मात्रै लिएर सरकारमा सपथ लिए । राप्रपासहितका ३८८ को संख्या पुगेका दलहरुलाई समेट्न सकेनन् । जसका कारणले बाँकी दलहरु टाढिन थाले ।
दोस्रो कारणको रुपमा उनले राप्रपाको विवादमा खेलेको आरोप खेप्नु प¥यो । कांग्रेसकै कारण पार्टी फुटेको सार्वजनिक रुपमा आरोप लगाउँदै राप्रपा सरकारलाई दिएको समर्थन फिर्ताको घोषण ग¥यो । यसले उनको दुई तीहाईको प्रयासलाई नराम्ररी प्रभावित ग¥यो ।
अर्को कारण भनेको देउवाले आफ्नो सरकार विस्तारको बेलामा सरकारलाई समर्थन गरेका साना दलहरुलाई कहिल्यै समेट्ने प्रयास गरेनन् । जसका कारण अहिले साना दलहरुले पनि सरकारको प्रस्तावमा समर्थन गर्ने सम्भावना कमजोर बनेको छ ।
देउवा संकटमा
आफूले राजपासँग गरेको प्रतिबद्धता अनुसार भोली देउवाले संविधान संसोधन विद्येयक संसदमा निर्णयार्थ प्रस्तुत गर्ने बताईएको छ तर अहिलेसम्म आवश्यक बहुमत नपुग्ने देखेपछि देउवा अहिले आन्तरिक छलफलमा छन । सरकारको प्रस्ताव संसदबाट असफल हुँदा भोलीका दिनमा प्रतिपक्षीहरुले राजनैतिक नैतिकताको प्रश्न उठाउने छन, जसले उनी र उनको सरकारलाई अप्ठ्यारो स्थितिमा पु¥याउने छ । यसै कारण अहिले देउवा विद्येयक निर्णयार्थ प्रस्तुत गर्ने किन नगर्ने दोधारमा छन ।



प्रतिक्रिया दिनुहोस्