Logo

एमालेकै समर्थनमा संविधान संसोधन हुने कानून मन्त्रीको दावी



काठमाडौ, ४ साउन । कानून मन्त्री यज्ञबहादुर थापाले संविधान संसोधनको विरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेकै समर्थनमा विद्येयक पारित हुने ठोकुवा गरेका छन ।
रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने–हामी जसरी पनि एमालेको समर्थनमा विद्येयक पारित गर्छौ ।
एमालेले संविधान संसोधनमा समर्थन नगरे उसको मधेस राजनीतिमै दुरगामी नकारात्मक असर पर्ने दावी गर्दै एमालेले कुनै पनि हालतमा समर्थन गर्ने विश्वास ब्यक्त गरे ।
मन्त्री थापाले नेकपा एमालेले नै आउने भएकोले राप्रपाको निर्णयले कुनै असर नपार्ने भन्दै भोली प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीविच कुराकानी हुने जानकारी दिए ।
उनले भने–एमाले नेताहरुसँग संबाद सुरु भईसकेको छ । भोली ओलीजीसँग छलफल हुन्छ । भोली भ्याएन भने सहमति गरेर पर्सि विद्येयक पारित गर्छ । त्यसकोलागि गृहकार्य सुरु भईसक्यो ।



प्रतिक्रिया दिनुहोस्