Logo

प्रदेश र संघीय निर्वाचन मंसिर १० गते



काठमाडौं, ५ भदौं । सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले एक चरण दुई चरण नभनी मंसिर १० गते दुबै तहको चुनाव गर्ने भन्ने निर्णय भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्