Logo

मोरङमा एकासी १ भन्दा बढी नयाँ मतदाता



विराटनगर, ५ भदौ । मोरङमा एकासी हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत भदौ ३ गतेसम्म ८१ हजार ८६२ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सोमध्ये ४१ हजार ४७८ महिला, ४० हजार ३८३ पुरुष र एक तेस्रो लिङ्गी रहेको कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुुभयो । भदौ ३ गतेसम्मका लागि अवधि थप गरिएपछि २० हजार ९८७ मतदाता थपिएको हो ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकामा फोटोसहितको नामावली संकलनका लागि प्राविधिकसहितको टोली विभिन्न ठाउँ खटेर नामावली संकलन गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्