Logo

निर्वाचनको मिति घोषणालाई लिएर कांग्रेसभित्र तिब्र असन्तुष्टी



काठमाडौ, ५ भदौ । सरकारले आगामि भदौ १० गतेको लागि घोषणा गरेको प्रदेश र संघीय निर्वाचनको मितिलाई लिएर नेपाली कांग्रेसभित्र तिब असन्तुष्टी देखिएको छ ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र संसदीय दलमा समेत छलफल नगरी आफूखुसी निर्णय गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी प्रकट गरेको छ ।

सो समूहका एक प्रभावशाली नेताले रिपोर्टर्स नेपाल डटकमको लागि ऋषि धमलासँग कुरा गर्दै भने– प्रधानमन्त्रीले आफ्नै पार्टीभित्र समेत छलफल नगरी सबैलाई अन्यौलमा राखेर निर्णय गर्नु भयो । यसले पार्टीलाई गंभिर क्षति गर्छ ।

उनले थपे– देउवाले पहिलादेखि पार्टीभित्र कुनै छलफल नै नगरी निरकुंश शैलीमा आफूलाई प्रस्तुत गरिरहनु भएको छ । यसको हामी प्रतिबाद गर्छौ, अब त्यसै चुप लागेर बस्दैनौ ।

पार्टीका अधिकांश सांसदहरु समेत सरकारको यो निर्णयबाट असन्तुष्ट बनेका छन ।

उनीहरुले पनि सभापतिले कुनै छलफल नगरी आफू खुसी निर्णय गर्ने गरेको गुनासो सुनाए ।

पौडेल समूह यो विचमा पुरक बजेट ल्याएर मात्रै पार्टीभित्रको छलफलपछि मिति तोक्नु पर्ने पक्षमा देखिएको छ ।

त्यसो नगरी मिति तोक्दा त्यसले चुनावमा पार्टीलाई फाईदा नपुग्ने उनीहरुको तर्क छ ।
सरकारको यो निर्णय विरुद्ध पार्टीभित्र तिब्र बहस चलाउने तयारीमा पौडेल समूह लागेको बताईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्