Logo

संविधान संशोधनको प्रस्ताव संसदमा असफल, दुई तिहाई बहुमत पुगेन



भदौ ५, काठमाण्डौ । आज संसदमा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव दुई तिहाई बहुमत पुग्न नसक्दा पारित हुने सकेन ।

सरकारले आज संविधान संशोधनका लागि संसदमा प्रस्ताव पेश गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित केही दलले विपक्षमा मतदान गरेपछि असफल भएको हो ।

प्रस्तावको पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय जनता पार्टी लगायत मधेशी दलले मतदान गरे पनि दुई तिहाई बहुमत पुग्न सकेन ।
संशोधन प्रस्तावमाथि मतदान हुँदा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक अनुपस्थित रह्यो भने सिपि मैनाली नेतृत्वको नेकपा मालेले मतदान बहिष्कार गरेको थियो । राप्रपा प्रजातान्त्रिकले सरकारलाई समर्थन गरे पनि संविधान संशोधनको मतदान प्रक्रियामा भाग नलिएको हो ।

प्रस्तावको विपक्षमा नेकपा एमालेसहित कमल थापा नेतृत्वको राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायत केही साना दलले मतदान गरेका थिए ।

संसद्मा हाल ५९२ सांसद् छन्। जसअनुसार विधेयक पारितका लागि ३९५ मत आवश्यक पर्छ। ५९२ मध्ये संशोधन विधेयकमा सभामुखसहित दुई जनाको मताधिकार छैन।



प्रतिक्रिया दिनुहोस्