Logo

देउवाको भ्रमणमा भारतको चासो



ऋषि धमला, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिन राजकीय भ्रमणको क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरिसकेका छन । उनको भ्रमणलाई भारतले अत्यन्तै महत्वका साथ लिएको संकेतहरु बाहिर आईसकेका छन ।

भारतले देउवाका भ्रमणलाई महत्वको साथ लिनुको तीन कारणहरु बाहिर आएको छ ।

जसमा पहिलो भारत र चीनबीच केही समयदेखि चीन र भुटानको सीमामा सुरु भएको डोकलाम विवाद प्रमुख रहेको छ । भारत र चीन बीचको अहिलेसम्मको सबै खाले विवादमा तटस्थ भूमिका निर्वाह गरेको नेपालसँग यसपटक भारतले सक्रिय समर्थन खोजेको छ ।

भारतल देउवाको यो भ्रमणबाट आफूप्रतिको समर्थन खाजेको छ । दुई मुलुकका प्रधानमन्त्रीबीचको वान टु वान मिटिङमा भारतले यो विषयलाई महत्वको साथ उठाउने तयारी गरेको छ ।

भारतले नेपालमा देखिएको भारत विरोधी भावनालाई मत्थर पार्न र नेपाल सरकारको पुर्ण समर्थन प्राप्त गर्न यसपटक आगामि निर्वाचनको लागि दिल खोलेर सहयोग गर्ने सोच बनाएको छ । सबै चुनावलाई आवश्यक सबै खाले सहयोग गर्न भारत तयारी अवस्थामा रहेको छ ।

भारतको यो भ्रमणमा अर्को चासो भनेको निर्वाचनमा सबै राजनीतिक दलहरुको सहभागिताको सुनिश्चिता खोज्ने छ । उसले संविधान संसोधन विद्येयक असफल भएपनि मधेसी दलहरुसँग निरन्तर छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा गंभिर ध्यान आर्कषित गराउने छ ।

त्यसैगरी भ्रमणकै क्रममा भारतले बाढी पीडितको लागि राहत, डुबान समस्याको दिर्घकालिन समाधान र भुकम्प पीडितको लागि घोषणा गरेको रकमको विषयमा कुराकानी गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्