Logo

प्रधानमन्त्रीका जम्बो टोली सदस्यहरु ताजमानमा फुर्सदिला



ऋषि धमला, नयाँ दिल्ली, ७ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण टोलीमा रहेका सदस्यहरु आज खासै कार्यक्रमहरु नहुँदा फुर्सदिला बनेका छन ।

प्रधानमन्त्री र उनकी श्रीमति आरजु देउवा राष्ट्रपति निवासमा विभिन्न अनौपचारिक भेटवार्तामा रहेपनि ताजमानमा रहेका उपप्रधानमन्त्रीसहितको जम्बो टोली कुनै काम नहुँदा फुर्सदिला बनेका छन ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा समकक्षीसँगको भेटवार्ताको तयारीमा रहेपनि भ्रमण टोलीमा रहेका चार जना मन्त्री, सचिवहरुसहितको प्रतिनिधि मण्डल काम नभएर होटल परिषरमै कोही बाहिर त कोही कोठामा गफिएर बसेका छन । कोही भने दिल्ली घुम्ने र किनमेल गर्ने योजनामा देखिन्छन ।

प्रधानमन्त्रीको आज भारतीय ब्यवसायीसँगको भेटवार्ता बाहेक कुनै काम छैन । राजनीतिक भेटवार्ता भोलीबाट मात्रै सुरु हुने भएकोले उनका टोलीका सदस्यहरु फुर्सदिला बनेका हुन ।



प्रतिक्रिया दिनुहोस्