Logo

संविधानमा रिर्जभेसन राख्दै मोदीले स्थानीय निर्वाचनको लागि देउवालाई दिए बधाई



नयाँ दिल्ली, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधानसभाले जारी गरेको संविधानप्रतिको भारतीय धारणामा रिर्जभ रहँदै सोही संविधानअनुसार सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा भने आफ्ना समकक्षीलाई बधाई दिएका छन ।

संविधानको विषय भने उनले संसोधनको अडानलाई यसअघि झै प्रस्तुत गरे । उनले भने–समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागु गर्ने विश्वास छ ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले देउवाप्रति इंगित गर्दै उनको कुशल र अनुभवी नेतृत्वमा यो सम्भव हुन सक्ने बताए ।

मोदीले नेपालमा लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनका देउवाले खेलेको भूमिकाको प्रसंसा गर्दै देउवकै नेतृत्वमा लोकतन्त्र सुदृढ हुने विश्वास ब्यक्त गरे ।

नेपाली भाषाबाट आफ्नो मन्तव्य सुरु गरेका थिए मोदीले नेपाल र भारत आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेको बेला भएको यो भ्रमण महत्वपूर्ण भएको भन्दै पारस्परिक उपलब्धिमा गर्व गरे जस्तो अपसी पीडामा समेत पीडा बोध गर्ने गरेको सुनाए ।

उनले भारत नेपालमा शान्ति, स्थायित्व र उसका आर्थिक समृद्धिका प्रति सधैं सहज रहँदै आएको उल्लेख गर्दै भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासहरुमा साझेदारी हुने सौभाग्य प्राप्त रहेको बताए ।

मोदीले नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरु हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम भइरहेकामा खुशी व्यक्त गर्दै कटैया–कुशाहा, रक्सौल–परवानीपुर ट्रान्समिसन लाइनलाई सम्बन्धको आधारको रुपमा उल्लेख गरे ।

ऊर्जा, जल संशाधन, कनेक्टिभिटी परियोजनाहरु तथा भूकम्पपछिको पुनर्निर्माणमा मिलेर काम गरिरहेका उल्लेख गर्दै मोदीले पहिलेदेखि नै निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई समय सीमामै सम्पन्न गर्नका लागि आफ्नो प्रयास अझ बढाइने आश्वासन दिए । उनले अरुण तेस्रो जलविद्युत परियोजनामा नेपालमा रहेको जमीनसम्बन्धि विवाद सुल्झेकामा खुशी व्यक्त गरे ।

उनले अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यासका लागि नेपालका प्रधानमन्त्रीले आफूलाई निम्तो दिएको जानकारी गराउँदै पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रुप दिने प्रक्रियालाई तीव्रता दिइने पनि बताए ।

सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ मजबुत बनाइने उल्लेख गर्दै मोदीले आपसी हीतलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानका लागि सोच्नु आवश्यक रहेको बताए ।

भारतको अनुदान सहायताअन्तर्गत् धनगढीमा टेक्निकल इन्स्िटच्युट तथा जीपी कोइराला नेसनल सेन्टर फर रेस्पिरेटरी डिजिजको स्थापनाका लागि सैद्धान्तिक सहमति भएको जानकारी दिए ।

रक्षा क्षेत्र र सुरक्षामा सहयोग द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्ष भएको भन्दै मोदीले खुला सीमाको दुरुपयोग रोक्नका लागि दुवै मुलुकका बासिन्दाको सुरक्षाका लागि रक्षा र सुरक्षा एजेन्सीहरुबीच दैनिक समन्वय गर्नु आवश्यक रहेको बताए ।

बृहत्तर कनेक्टिभिटीका लागि बौद्ध र रामायण पर्यटन सर्किट विकास गरेर सीप विकास र क्षमता अभिवृद्धिका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नु आवश्यक रहेको औंल्याए ।



प्रतिक्रिया दिनुहोस्