Logo

बाढीले राजश्व प्रभावित, उठेन लक्षित राजश्व



भदौ १०, काठमाण्डौ । तराई क्षेत्रमा आएको बाढी र डुबानका कारण राजश्व संकलनमासमेत असर परेको । बाढी र डुबानका कारण सीमा नाकाको सम्पर्क पुल भत्कनुको साथै भन्सार नाकाहरु डुबानमा पर्दा राजश्व संकलन प्रभावित भएको हो । अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंङगानाले साउन महिनामा ५३ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि जम्मा ४६ अर्ब मात्रै संकलन भएको जानकारी दिनुभयो ।

यद्यपि समग्र चालु आर्थिक बर्षको राजश्व संकलनको लक्ष्य भने पुरा गर्ने अर्थमन्त्रालयले जनाएको छ । भारतले जिएसटी प्रणाली लागु गरेको तर पूर्ण कार्यान्वयन नहुँदा कारोबार प्रभावित भएको मन्त्रालयले जनाएको छ । त्यस्तै बाढीका कारण सडक र पुलमा क्षति पुग्दा सामान आयात हुन नसक्दा राजश्व संकलन घटेको मन्त्रालयको दाबी छ ।
अर्थमन्त्रालयका राजश्व सचिव ढुङ्गानाले न्युन विजीकरण तथा रावश्व चुहावट नियन्त्रणका लागि मन्त्रालयले आधुनिक प्रणालीको सुरुवात गर्ने तयारी गरिरहेको जानकारीसमेत दिनुभयो । केही समय अघि विश्व बैकले सार्वजनिक गरेको तथ्याङकले नेपाली बजारमा ३९ दशमलव २ प्रतिशत अनौपचारिक अर्थतन्त्रको कारोबार भएको देखाएको छ भने राष्ट्र बैकको सर्वेक्षणमा भारतको भन्सारबाट नेपालको भन्सारसम्म आईपुग्दा ३५ प्रतिशत सामानको मुल्य हराउने गरेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्