Logo

प्रधानमन्त्री देउवालाई छोडेर परराष्ट्रमन्त्री कृष्णबहादुर महरा किन फर्किए एक दिन अगाडि



भदौ ११, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका प्रमुख पात्र कृष्णबहादुर महरा एक दिन अघि नै नेपाल फर्किका छन् । पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदैछन् । तर उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भने शनिवार नै नेपाल फर्किएका हुन् ।

प्रधानमन्त्री देउवाले शनिवार गरेको धार्मिक भ्रमणमा पनि मन्त्री महरा सहभागि थिएनन् । माओवादी नेताहरुले धार्मिक कार्यक्रमलाई प्राथमिकता नदिने गरेकाले महरा पनि उक्त भ्रमणमा नगएको बताइएको छ ।
मन्त्री महराले देउवाको भारत भ्रमण सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपाल–भारतबिचको सम्बन्ध अझ सुमधुर बनाउनमा महराले खेलेको भूमिकाको प्रशंसा गरिएको छ । परराष्ट्रमन्त्री भएपछि परराष्ट्र नीतिसमेत सन्तुलित बनाउन सक्रिय महराको कार्यशैलीलाई भारतले पनि रुचाएको बताइएको छ । यसअघि महरालाई चिन निकट भएको आरोप लाग्दै आएको थियो ।
प्रधानमन्त्री देउवाको भ्रमणका सदस्य अन्य मन्त्रीहरु पनि एक दिन अघि नै स्वदेश फर्किएका छन् । वाणिज्य मन्त्री मिन विश्वकर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिले नै स्वदेश फर्किएका हुन् । केही उद्योगि व्यापारी पनि देउवाभन्दा अगाडि नै नेपाल आइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्