Logo

मन्त्री कोइरालाको ३७ बुँदे कार्ययोजना : एनजिओ र आइएनजिओलाई एकद्धार प्रणालीबाटै संचालन गरिने



भदौ ११, काठमाण्डौ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले नेपालमा संचालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छिन् ।

आइतबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर एनजिओ र आइएनजिओलाई व्यवस्थित र नियमन गरिने बताइन् । समाज कल्याण ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिदै मन्त्री कोइरालाले भनिन्, “राष्ट्रिय बजेटभन्दा बढि एनजिओ आइएनजिओको बजेट हुँदोरैछ । तर प्रभावकारी काम भएको पाइएन । त्यसैले समाज कल्याण ऐन परिवर्तन गरेर एकद्धारा प्रणाली लागु गर्नुपर्छ ।”
अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु विभिन्न उद्देश्यले आउने गरेको बताउँदै मन्त्री कोइरालाले सबै संस्थाले समाजको हितमा काम नगर्ने हुँदा कडा रुपमा प्रस्तुत हुनुपर्ने बताइन् । त्यस्ता संस्थाले गर्ने योगदानको कदर गर्दै ऐन संशोधन गरिने मन्त्री कोइरालाको भनाई छ ।


मन्त्री कोइरालाले महिला बालबालिका र जेष्ठ नागरिकको हितका लागि ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी मन्त्री कोइरालाले दिइन् । महिलाको सहजताका लागि केही महत्वपूर्ण योजना अघि सारिएको भन्दै मन्त्री कोइरालाले भनिन्, “ महिला विरुद्धको कूरीति, कूसंस्कार र अपराधिक घटना अन्त्य गर्नका लागि काम भइरहेको छ । हरेक स्थानीय तहमा महिला हिंसा र अपराध रोक्नका लागि ¥यापिड रेस्पोन्स एण्ड एक्सन टिम निर्माण गरिने छ ।”
जेष्ठ नागरिकका, अपाङ र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउनका लागि पनि आफुले पहल गरिरहेको मन्त्री कोइरालाले बताइन् । त्यस्तै असहाय र सडक बालबालिकाको संरक्षणका लागि पनि नयाँ कार्यक्रम ल्याइने मन्त्री कोइरालाको दाबी छ । रिपोर्टर्स क्लब नेपालले मन्त्री कोइरालालाई स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मन्त्री आशा कोइरालालाई समाजकल्याण जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । मन्त्री कोइरालाको कार्यकालमा जेष्ठ नागरिक, अपाङ्ग र महिला तथा बालबालिकाले आफ्नो अधिकार प्रत्याभूति गर्न पाउन् र उनीहरुलाई राज्यको हरेक निकायमा पहँुच पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेल्नका लागि धमलाले शुभकामना दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot