Logo

पूर्व परराष्ट्रमन्त्री भन्छन्, यो भन्दा अगाडिका प्रधानमन्त्री पनि उस्तै हुन् । शेरबहादुर देउवा मात्रै होइनन् ।” 



भदौ १२, काठमाण्डौ । पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहोनीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा दिएको अभिव्यक्ति अनावश्यक भएको बताएका छन् । “नेपालको संविधान सम्बन्धी प्रक्रियाका विषयमा भारतमा गएर मैले संशोधन गर्न सकिन, फेरी गर्छु भनेर भन्नुपर्ने थिएन । उहाँलाई त्यस्तो भन्नुपर्ने के बाध्यता प¥यो ?” लोहोनीले भने ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष समेत रहेका लोहोनीले प्रधानमन्त्रीले अन्य देशमा गएर के बोल्ने कसरी बोल्ने भन्ने जजमेन्ट आफैले गर्न सक्नुपर्ने तर्क गरेका छन् । प्रधानमन्त्रीले आफुले बोलेका कुराको बचाउ गरेको सन्दर्भमा लोहोनीले भने, “मैले जे बोलेँ त्यो ठिकै बोले भन्नु स्वाभाविक हो । तर हामीले बाहिरबाट हेर्दा उहाँले वान टु वान कुरामा जे भने पनि बाहिर बोल्ने कुरामा आफ्नो देशका जनताको स्वाभिमान र संसदको गरिमा कायम राखेर बोल्नुपर्छ ।”
प्रधानमन्त्री भनेको ठूलो पद भएको भन्दै लोहोनीले त्यसरी नबोलेको भए राम्रो हुने बताए । “म चाँही दुई ल्याएपछि संशोधन गर्छु । दुई तिहाइका लागि भारतसँग दुई मागेको जस्तो देखियो ।” लोहोनीले भने ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरता भएको बताउँदै नेपालसँगको नजिकको सम्बन्ध भएको भारत भ्रमणमा जानु बेठिक नभएको तर्क लोहोनीको छ । तर संयुक्त वक्तव्यमा भएका कुरा २० वर्षदेखिको एउटा किसिमको भएकाले धेरै अर्थपूर्ण नभएको लोहोनीको आरोप छ । “पञ्चेश्वर र हुलाकी बाटोको कुरा धेरै पुरानो हो सधै दोहोरिन्छ । कहिल्यै बन्दैन ।” लोहोनीले भने ।

शाषनमा बसेपछि जनताको समस्याप्रति संवदनशील बन्नुपर्ने लोहोनीको तर्क छ ।
“नेपालको हरेक प्रधानमन्त्री भारत भ्रमणमा जान्छन्, शेरबहादुर देउवा मात्रै होइन । योभन्दा अगाडिका प्रधानमन्त्री पनि गए । तर ठोस कुरा गर्न सक्दैनन् ।
यो भन्दा अगाडिका प्रधानमन्त्री पनि उस्तै हुन् । शेरबहादुर देउवा मात्रै होइनन् ।”
नेपालका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा प्रभावकारी रुपमा समस्या समाधानका लागि पहल गर्न नसकेको आरोप लोहोनीको छ । भारतीय बाँध र तटबन्धका कारण भएको समस्या समाधानका लागि भारतसँग कुरा गर्नै नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्