Logo

कांग्रेस, एमालेसँग होईन मधेसका परिवर्तनकारीसँग तालमेल हुन्छ : पौडेल



नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा माओवादीको प्राथमिकता नेपाली कांग्रेस र एमाले नभई मधेसका परिवर्तनकारी शक्तिहरु भएको बताए ।

उनले मधेसमा माओवादी केन्द्र दोस्रो ठूलो दल बन्ने दावी गर्दै मधेसका परिवर्तनकारी शक्तिहरु संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल हुने बताए । यसको लागि ति दलहरुसँग छलफल सुरु भईसकेको उनले जानकारी दिए ।

पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई अतिरिञ्जित गर्न नहुने भन्दै भ्रमणको क्रममा राष्ट्रलाई अहित हुने कुनै सन्धी सम्झौता नभएको तर्क गरे । प्रधानमन्त्री देउवाको भ्रमण सफल भएको छ ।

यद्यपि उनले संविधान संसोधन मुलुकको आन्तरिक मामिलामा प्रधानमन्त्रीले भारतमा गएर बोल्नु भने उचित नभएको तर्क गरे ।

 



प्रतिक्रिया दिनुहोस्