Logo

सोमाबरको शेयरबजार किन घट्यो ? कमाउने र गुमाउने कम्पनी यस्ता छन्



भदौ १२, काठमाण्डौ । साताको पहिलो दिन आइतबार ४ दशमलव ५१ अंकले उकालो लागेको नेप्से परिसुचक साताकोे दोस्रो दिन सोमबार नेप्से परिसुचकमा ओरालो लागेको छ । सोमबार १ हजार ६ सय २२ दशमलव ३३ अंकबाट हरियो भएर सुरु भएकोमा बजार बन्द हुँदा समग्रमा बजार शुन्य दशमलव ५८ अंकले घटेर बन्द भएको छ ।
सोमबार नेप्से परिसुचक ९ दशमलव ४१ अंकले ओरालो लागेर १ हजार ६ सय १२ दशमलव ९१ अंकमा बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक २ दशमलव ३९ अंकले घटेर ३३८ दशमलव ३५ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसुचकमा गिरावट आए पनि सोमबार कारोबार रकममा भने आइतबारको तुलनामा वृद्धि भएको छ । आइतबार १ सय ६० कम्पनीको कारोबार भएको बजारमा सोमबार १ सय ५९ कम्पनीको १५ लाख ४२ हजार २ सय ८ कित्ता शेयरहरुको खरिदविक्री भएका छन् ।

९ हजार ५ सय १५ पटकको कारोबारबाट ९० करोड ९३ लाख ५७ हजार १ सय रुपैया बराबरको शेयर खरिद विक्री भएका छन् । सोमबारको कारोबारमा कारोबार भएका आठ समूहमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह ओरालो लागेका छन् । सोमबारको कारोबारमा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह को २७ दशमलव ९५ अंकले उकालो लागेर २ हजार ६ सय ५४ दशमलव शून्य २ अंकमा बन्द भएको छ । त्यसैगरी विकास बैकको परिसुचक ६ दशमलव ८५ अंकले उकालो लागेर २ हजार ३५ दशमलव ३१ अंकमा बन्द भएको छ । सोमबारको कारोबारमा बीमा समूहमा सबैभन्दा बढी ४५ दशमलव ३८ अंकले गिरावट आएर ९ हजार १ सय ८ दशमलव १ अंकमा बन्द भएको छ ।

त्यसैगरी होटल १८ दशमलव ०६ अंकले, बैंकिङ १३ दशमलव ४७ अंकले, जलविद्युत ७ दशमलव २१ अंकले, फाइनान्स ७ दशमलव ४२ अंकले र अन्य समूह आइतबारको कारोबारमा स्वरोजगार लघुवित्तका शेयरधनीले सबैभन्दा बढी ६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएर कमाएका छन् । सोमबार कारोबारमा सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम वानका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य १० प्रतिशतले झरेको छ । त्यस्तै नबिल ब्यालेन्स फण्ड वान र जनरल फाइनान्सको लगानीकर्ताले करिब १० अंकको गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot