Logo

मधेशमा दलहरु चुनावको रस्साकस्सिमा,एमाले कार्यकर्ता भेलामा राजपाद्धारा आक्रमण



जनकपुर, १३ भदौ। प्रदेश नम्बर २ को निर्वाचनलाइ मध्ये नजर गर्दै कार्यकर्ता भेलाको सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रमणको प्रयास थालेका छन् ।

नेता नेपाललाई जनकपुरको रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका छन् । आठ–दश जनाको संख्यामा राजपा कार्यकर्ताहरुलाई प्रहरीले तितरबितर पारेको थियो ।

प्रहरीबाट झोकिएका राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै पुगेर ढुंगा प्रहार गरेका छन्। । राजपाका कार्यकर्ताले एमालेलाई मधेसबाट बढार्ने भन्दै हात हातमा कूचोसमेत बोकेका थिए । कार्यकर्ता भेलामा नेता नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्