Logo

यस्तो छ वाणिज्य बैँकहरुको ब्याज आम्दानी, धेरै र थोरै कमाउने बैँक यस्ता छन्



भदौ १३, काठमाण्डौ । आर्थिक वर्ष २०७३–७४ मा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी बढेको छ । २८ वटा वाणिज्य बैंकहरूले खुद ब्याज आम्दानी ८० अर्ब ९४ करोड १२ लाख ७६ हजार रुपैयाँ गरेका छन् । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक २०७२–७३ मा वाणिज्य बैंकहरूले ६५ अर्ब २७ करोड १३ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । यो आम्दानी बढेर २८ वटा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी ८० अर्ब ९४ करोड १२ लाख ७६ हजार रुपैयाँ पुगेको हो । सबै बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी बढाएका छन् । प्रतिशतका आधारमा सबैभन्दा बढी ब्याज आम्दानी गर्नेमा बैंक अफ काठमाण्डू रहेको छ । सो बैंकले अघिल्लो वर्षको तुलनामा आम्दानी ६६ दशमलव ३१ प्रतिशतले बढाएको छ । त्यस्तै सबैभन्दा कम ब्याज आम्दानी वृद्धि गर्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । यस बैंकले जम्मा ४ दशमलव २५ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणलाई आधार मान्दा अधिकांश बैंकले खुद ब्याज आम्दानी २० देखि ३० प्रतिशतको बीचमा वृद्धि गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी ५० प्रतिशतभन्दा बढी गर्नेमा बैंक अफ काठमाण्डू, जनता बैंक नेपाल र मेगा बैंक नेपाल रहेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनमा बढाएका तथा ५० प्रतिशत भन्दा कम खुद ब्याज आम्दानी बढाउने बैंकमा सनराइज बैंक, एनसीसी बैंक, सानिमा बैंक रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १० देखि ३० प्रतिशतसम्म खुद ब्याज आम्दानी बढाउने बैंकहरूको संख्या धेरै रहेको छ ।

यो सूचीमा सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक रहेका छन् । त्यस्तै कृषि विकास बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । अधिकांश बैंकले चुक्ता पुँजी, निक्षेप, कर्जा लगानीलगायतका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको अवस्थामा ब्याज आम्दानी १० प्रतिशत पनि नपु¥याउने बैंकको सूचीमा नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र हिमालयन बैंक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot