Logo

प्रदेश नम्बर २ को टिकट वितरणलाई लिएर कांग्रेसभित्र रडाको



कोइराल र निधी गुटगत भिडन्तमा
काठमाडौ, १४ भदौं । प्रदेश नम्बर २ को आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट टिकट वितरणलाई लिएर नेपाली कांग्रेसभित्र रडाको मच्चिएको छ ।
अहिलेसम्म तय भएका नामहरुमा नेता विमलेन्द्र निधी समूह हावी भएपछि नेपाली कांग्रेसभित्रको कोइराला समूह असन्तुष्ट बनेको छ ।
निधीले आफू कांग्रेसभित्रको मधेसको नेता भएकोले आफूले भनेका मानिसहरुले टिकट पाउनु पर्ने अडान राख्दै धमाधम नाम तय गरेकोले विवाद भएको । कोइराला समूहले पार्टी सभापतिले आफू भारत भ्रमणमा जाँदा निधीलाई कार्यबाहक बनाएर पार्टीभित्र शक्तिशाली बनाउन खोजेको आशंका गरिरहेको बेला सभापति स्वयमले टिकट वितरणमा समेत हावी गराएको आरोप लगाएको छ । निधीलाई महेन्द्र यादव र फर्मुल्लाह मन्सुरले साथ दिईरहेका छन ।
यता कोइराला क्याम्पलाई भने मन्त्रीद्धय रामकृष्ण यादव र सीतादेवी यादवले साथ दिईरहेकी छिन ।
यसैबीच टिकट वितरणलाई लिएर महामन्त्री शसांक कोइरालाको निवास महाराजगंजमा अहिले रामचन्द्र पौडेलसहित कोइराला क्याम्पको बैठक बसिरहेको छ । बैठकमा कोइराला क्याम्पका प्रभावशाली नेताहरुको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्