Logo

नेशनल मेडिकल कलेजका अध्यक्ष अन्सारी भन्छन् :‘सर्वोच्च अदालतको आदेश अनुसार नै अस्पताल सुरु गरेका हौँ, हामीसँग सबै पूर्वाधार छ’



नेशनल मेडिकल कलेजका बारेमा हामीलाई विरोधीको आँखाले नहेर्नुहोस् : अध्यक्ष डा. श्रेष्ठ
काठमाडौं, १५ भदौ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले काठमाडौं नेशनल मेडिकल कलेजका बारेमा आफुलाई बिरोधीको आँखाले नहेर्न आग्रह गरेका छन् । उनले भने,‘हामी नेशनल मेडिकल कलेजको विरोधी होईनौं, तर सरकारले जुन प्रकारले सम्बन्धन दियो, हामी सरकारको काम गराईको विरोधी हौं।’

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेलगत्तै अहिले यसको बारेमा चौतर्फी टिकाटिप्पणी भैरहेको अवस्थामा संघका अध्यक्ष श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

तर, कलेजले भने आफूहरुको सम्पूर्ण पूर्वाधार पूरा भएको र यसको लागि योग्य रहेको बताएको छ । कलेजका अध्यक्ष डा. जैनुद्धिन अन्सारीले आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्बन्धन प्राप्त गरेको बताउँदै थपे,‘अहिले हाम्रो कलेज प्रारम्भिक परिक्षणकालमा छ, अझै धेरै प्रक्रियाहरु बाँकी छन्।’

बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष डा. श्रेष्ठले डा. गोविन्द केसीको आन्दोलनको क्रमममा भएका सम्झौताको विपरित राजधानीमा कुनैपनि मेडिकल कलेजको सम्बन्धन नदिन सरकारलाई आग्रह गरेका हुन ।

अध्यक्ष डा. श्रेष्ठले भने,‘सरकारले जतिपनि सम्बन्धन देओस् हाम्रो आपत्ति छैन्, तर मापदण्ड, आवश्यकता र हाम्रो आन्दोलनका क्रममा भएका सम्झौताको विपरित गएर बेईमानीपूर्ण ढंगले सम्बन्धन दिनुहुँदैन।’

डा. श्रेष्ठले अघि थपे,‘राजधानीमा ३० लाख मानिस बस्छन्, यहाँका मानिसको लागि अहिले भएका अस्पतालहरु नै काफी छन्, आगामी १० वर्षभित्र कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिउँ, मुलुकका दुर–दराजमा सेवा पु¥याऔ भन्दा गोविन्द केसी र हामी यो मुलुकको विकासको बाधक हुने र स्वास्थ्य क्षेत्रमा ब्रम्हलुट गरेर जनताको पसिना चुस्नेहरु विकासप्रेमी हुने, हामी कसैको बिरोधी होइनौ, राज्यले अराजकता मच्चाईरहेको छ, हामी नेशनल मेडिकल कलेजको पनि विरोधी होईनौं, हामी त प्रक्रियाको विरोध गरिरहेका छौं।’

अध्यक्ष श्रेष्ठले फरक प्रसँगमा स्वास्थ्य क्षेत्रका माफियाहरुले सरकारलाई नै झुक्याएर काठमाडांैमा मेडिकल कलेजको सम्बन्धन लिएको बताए । उनले भने,‘काठमाडौं नेशनल मेडिकल केबल बहाना मात्रै हो, थप अरु ५ वटा मेडिकल कलेजहरुको सम्बन्धन लिने खेल हुँदैछ, काठमाडौं नेशनल कलेजलाई खुट्टा टेक्न लगाएर पानी तातो छ कि छैन् भनेर बलिको बोको बनाइँदैछ, यो कुरा ख्याल गर्नको लागि सञ्चालकलाई मेरो आग्रह छ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले काठमाडौ नेशनल मेडिकल कलेजको बारेमा सरकारले काउन्सिललाई कुनैपनि जानकारी नदिएको स्पष्ट पारेका छन् ।

उनले भने,‘नेपाल मेडिकल काउन्सिललाई उक्त मेडिकलको बारेमा जान्न बुझ्नको लागि कुनैपनि पत्र आएको छैन्, त्रि.वि.ले सम्बन्धन दिएको मेडिकल कलेजका कुलपति स्वयम् प्रधानमन्त्री हुनुहुन्छ, सरकारले काउन्सिललाई बुझ्नको लागि आग्रह गरेको दिनमा हामी उक्त मेडिकलको स्थलगत अध्ययन गर्नेछाँै।’

प्रवक्ता अधिकारीले अघि थपे,‘काठमाडौ नेशनल कलेजले सम्बन्धनको मान्यता पाएको छ, परिक्षणकालको समय बाँकी छ, त्यस पछि शिक्षा विभागमा जान्छ, त्यसपछि शिक्षा मन्त्रालयमा त्यसको बारेमा सबै जानकारी जान्छ र अन्त्यमा हामीलाई बुझ्नको लागि सरकारले निर्देशन दिन्छ।’

कार्यक्रममा काठमाडौं नेसनल मेडिकल कलेजका अध्यक्ष डा. अन्सारीले नेशनल कलेजको बारेमा बजारमा आएका समाचारहरु भ्रमित र झुट भएको दाबी गरेका छन् । उनले भने,‘सर्वोच्च अदालतको आदेश अनुसार नै अस्पताल सुरु गरेका हौँ, आजभोली परिक्षणकालमा चलेको छ, न स्वास्थ्यकर्मी छन्, बिरामी छन् भनेर हल्ला गरिँदैछ, यत्रो वर्षदेखि अबरुद्ध भएको अस्पतालमा कसरी बिरामीको भीड हुन्छ ? १५० करोडको लगानी लागिसकेको छ, सम्बन्धन प्राप्त गरेको स्थिति छ।’

उनले अघि थपे,‘आगामी दिनमा पनि धेरै खुडकिलाहरु बाँकी छन्, शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले अनुगमन गरेर प्रक्रिया पुगेपछि मात्र आधिकारिक रुपमा सुचारु हुन्छ, त्यसपछि के पुगेन वा के भएन भनेर समाचार बनाउन सबैलाई आग्रह गर्दछु, अहिल्यै नै यस्तो भ्रमित कुराहरु नगरौं।’

अदालतले दिएको निर्णय अनुसार नै आफूहरु अघि बढेको उनको भनाई थियो । उनले भने,‘अहिले प्रारम्भिक तयारी मात्रै भैरहेको छ, अन्य दुई वटा आधारहरु तय हुन बाँकी छन्, हामीसँग पर्याप्त पुर्वाधार छ ।’



प्रतिक्रिया दिनुहोस्