Logo

पूर्वराजाको राष्ट्रबादी मोर्चाः कमल थापादेखि केपी ओलीसम्म



काठमाडौ, १५ भदौ । पछिल्लो समयमा राष्ट्रबादी शक्तिहरुबीचको बृहद राष्ट्रबादी मोर्चा बनाउने गरी तयारी थालिएको छ ।
लामो समयदेखि यसको विभिन्न रुपमा प्रयास जारी रहेपनि बुधवार पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष कमल थापाबीचको भेटवार्तापछि यसलाई मुर्त रुप दिने तयारीले तिब्रता पाएको छ ।
स्रोतका अनुसार पूर्वराजा र थापाबीचको भेटवार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजाबादी दलहरु र साना कम्यूनिष्ट पार्टीहरुसँगको सहकार्यमा राष्ट्रबादी मोर्चा बनाउने सहमति भएको हो ।
राष्ट्रबादी मोर्चा बनाउने पूर्व तयारी स्वरुप नै पूर्वराजा राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा छोरीको विवाह समारोहमा र राष्ट्रपति पूर्वराजाको नातीको ब्रतबन्धको पार्टीमा सहभागि भएको निर्मल निवास निकट स्रोतले दावी गरेको छ ।
प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन अघि नै राष्ट्रबादी मोर्चा बनाएर चुनावी तालमेल गर्दै राष्ट्रबादी मोर्चाको पक्षमा बलियो जनमत देखाउने योजनामा दरवार रहेको बताईएको छ ।
स्थानीय तहको निर्वाचनमा सम्भव नभए प्रदेश र संघीय निर्वाचनमा त्यसलाई जसरी भएपनि कार्यान्वयनमा ल्याउने दरवारको योजना छ । त्यसकोलागि कुरा गर्न थापालाई जिम्मेवारी सुम्पिएको बताईएको छ ।
राप्रपा प्रजातान्त्रिक कांग्रेसको कित्तामा गएकोले अबको निर्वाचनमा राष्ट्रबादी शक्तिहरुबीच एकता गर्न नसके त्यसले हिन्दु राष्ट्र र राजसंस्थाको अस्तित्व नै पूर्ण रुपमा नष्ट पार्ने निष्कर्स उनीहरुको छ ।



प्रतिक्रिया दिनुहोस्