Logo

राप्रपा विवाद छलफलका लागि निर्वाचन आयोगलाई सर्वोच्चले भदौ २६ गते बोलायो



काठमाडौं, १६ भदौ । सर्वोच्च अदालतले राप्रपा विवाद सम्बन्धि परेको रिटमा छलफलका लागि निर्वाचन आयोग र राप्रपा (प्रजातान्त्रिक) लाई भदौ २६ गतेका लागि बोलाएको छ।

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन अयोगले पशुपति शम्शेर राणाको पार्टीलाई विना आधार दलको प्रमाणपत्र दिएको भन्दै सर्वोच्चमा गरेको रिटको शुक्रबार सुनुवाई गर्दै भदौ २६ गते दुवै पक्षलाई सर्वोच्चले बोलाएको हो।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले दुवै पक्षलाई छलफलकालागि सर्वोच्च बोलाएको हो।

अध्यक्ष थापाले राणाको पार्टी खारेज गर्ने अन्तरिम आदेशको मागसहित गत भदौ ११ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । २६ गते दुवैपक्षको छलफलपछि सर्वोच्चले सो रिटमा अन्तरिम आदेश दिने या नदिने भन्ने निर्णय सुनाउनेछ ।

 



प्रतिक्रिया दिनुहोस्