Logo

एक हप्तामै ४२ अंकले किन घट्यो शेयरबजार? शेयरबजारको साता विवरण



भदौ १६, काठमाण्डौ । विगतमा वर्षहरुमा श्रावण महिनादेखि आश्विनसम्मको समयमा नेपाली शेयर बजार बढ्ने गर्दथ्यो । बजारको चहल पहल नै उत्साहजनक देखिन्थ्यो । तर यस पटक साउन सुरु भएसँगै बजार घट्ने क्रममा छ । यस साता मात्रै शेयर बजारमा ४२ अंकभन्दा बढिको गिरावट आयो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९०९१ कारोबारबाट तीनअर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरका७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकमगत साताको भन्दा७.४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४०१८३ कारोबारबाट तीनअर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन १५८०.०३ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.४२ अंकले घटेर ३३१.३२ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम १८ करोड ४२ लाख ७० हजार रुपैयाँको आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी एनआइसि एसिया बैक लिमिटेडको यस साता १४ करोड ७६ लाख ६० हजार रुपैयाको कारोबार भएको छ । त्यसैगरी यस साता १४ करोड ८१ लाख १० हजार रकमको आधारमा यस साता तेस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स परेको छ । त्यसैगरी नविल बैक लिमिटेडको यस साता १३ करोड ५४ लाख १० रकमको कारोबार भएको छ भने पाचौ स्थानमा यस साता प्राइमलाइफ इन्सुरेन्स रहेको छ । जसको यस साता १० करोड ५९ लाख ४० हजार रुपैयाको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ३ लाख २६ हजार कित्ताको आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ७८७८ वटाको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।



प्रतिक्रिया दिनुहोस्