Logo

२ नम्बर प्रदेशको निर्वाचनमा हामी कसैसँगपनि तालमेल गर्दैनौं, हाम्रो मुख्य प्रतिष्पर्धा राजपासँग हुन्छ : यादव



काठमाडौं, १७ भदौ । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा। शिवजी यादवले सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति हचुवाको भरमा घोषणा गरेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले हचुवाको भरमा निर्वाचनको मिति घोषणा गर्यो, यो निर्वाचन नगर्ने षड्यन्त्र त कतै होईन भन्ने हामीलाई लागिरहेको छ।’

यादवले दुवै निर्वाचनको लागि एउटै मतपत्र छाप्ने निर्णयपनि अव्यवहारिक भएको टिप्पणी गरे । उनले भने,‘यसले पनि सरकारले समयमै निर्वाचन गर्ने षड्यन्त्र गरिरहेकोजस्तो मलाई लागेको छ।’ उनले तीन दलको स्वेच्छचारिताले चुनावको मिति घोषणा भएको समेत आरोप लगाए ।

त्यस्तै उनले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले कुनै पार्टीसँगपनि तालमेल नगर्ने स्पष्ट पारे । यादवले २ नम्बर प्रदेशको चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिष्पर्धा राजपासँग हुने समेत जनाए ।



प्रतिक्रिया दिनुहोस्