Logo

कांग्रेसभित्र विवादका कारण उम्मेदवार छनोट ढिला भएको रामकृष्ण यादवको खुलासा



भदौ १८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा कृषिमन्त्री रामकृष्ण यादवले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि नेपाली कांग्रेसले उम्मेदवाको टुङ्गो लगाउने अन्तिम तयारी गरेको बताएका छन् । पार्टीभित्र स्थानीय तहमा उम्मेदवार बन्नका लागि धेरै नेता आकांक्षी भएकाले उम्मेदवार टुङ्गो लगाउन ढिला भएको मन्त्री यादवले बताए ।
पार्टीले उम्मेदवार छनोटका लागि परिपत्र पठाए पनि धेरै ठाउँमा विवाद भएकाले उम्मेदवार छनोटमा समस्या भएको यादवले बताए । हाम्रो नभै राम्रो उम्मेदवार छान्नुपर्ने भएकाले पार्टी सहि उम्मेदवार छनोटमा लागेको उनले बताए ।
समानुपातिक र समावेशी हिसाबले विकासको एजेण्डा अघि सार्न सक्ने जनप्रेमी व्यक्तिलाई उम्मेदवार बनाउने यादवको दाबी छ ।
उम्मेदवार छनोटमा कांग्रेसभित्र विवाद भएको भन्ने कुराको खण्डन गर्दै नेता यादवले भने, “केही नेताहरुको कार्यव्यस्तताले बैठक टुङ्गोमा नपुगेको हो । महामन्त्री शशांक कोइरालाको व्यस्तताले पनि बैठक पूरा नभएको हो । आज बस्ने गरी बैठक स्थगित गरिएको हो ।”
ठूलो पार्टी भएकाले उम्मेदवार छनोटमा समस्या हुनु सामान्य भएको यादवको तर्क छ । तर विवादकै कारण कसैले पनि बैठक बहिस्कार नगरेको उनले बताए । सबै ठाउँको उम्मेदवार तय भएपछि सार्वजनिक गरिने यादवको भनाई छ ।
कांग्रेसको तर्फबाट वीरगन्जमा पूर्व सासंद अजय द्धिवेदीलाई मेयरको उम्मेदवार बनाउने टुङ्गो लागेको नेता यादवले बताए ।
त्यस्तै उपमेयरको पदमा शान्ति कार्कीलाई उम्मेदवार बनाउने चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्