Logo

सरकारलाई निर्वाचन आयोगको चेतावनी : अहिले मन्त्रिमण्डल विस्तार नगर



काठमाडौं, १८ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा मन्त्रिमण्डल विस्तार गर्न नहुने निर्देशन दिएको छ ।

आयोगले निर्वाचनको मुखमा आएर सरकार विस्तार गर्न नहुने भन्दै सरकारलाई कडा चेतावनी दिएको छ । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो कडा चेतावनी दिएका हुन् ।

राप्रपा-( प्रजातान्त्रिक) सरकारमा सहभागी हुने तयारी गरिरहेको बेला आयोगले सरकार खासगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो चेतावनी दिएको हो ।

आयोगले अहिले सरकार विस्तार गर्न कुनै आवश्यक नरहेको समेत जिकिर गरेको हो । आयोगको दाबी छ,‘यदि सरकार नै संकटमा परेको हो भने अर्को दल सरकारमा सहभागी हुन वा जान मिल्छ, या राष्ट्रमा ठूलो विपद आयो भने त्यसको लागि सरकारलाई काँध थाप्न सरकार विस्तार हुन सक्छ, होईन भने अहिले चुनावको मुखमा त्यो पनि आचारसंहिता लागु भैसकेको अवस्थामा सरकार विस्तार गर्न मिल्दैन्।’

यद्धपी आयोगले सरकार नै संकटमा परेको बेलामा मन्त्रिमण्डल विस्तार गर्न मिल्ने भएपनि त्यसको लागि आफूहरुले आयोगको पूर्ण तथा विशेष बैठक बसेर मात्रै निर्णय गर्ने आयुक्तहरुको भनाई छ ।

निर्वाचन आचार संहिता लागु भैसकेको अवस्थामा सरकार विस्तार गर्न मिल्छ वा मिल्दैन ? निर्वाचन आचार संहिता उल्लंघन गर्ने मन्त्री तथा प्रधानमन्त्रीलाई आयोगले कारवाही गर्छ त ? यी यावत प्रश्नहरुको जवाफ आजको हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘‘धमलाको हमला’’मा पत्रकार ऋषि धमलाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँग गरेको कुराकानीमा पाउनुहुनेछ । हेर्न नभुल्नुहोला ।



प्रतिक्रिया दिनुहोस्