Logo

शिक्षक विकास सहकारीको सातौं बार्षिक सधारण्भासभा सम्पन्न



काठमाडौं, १८ भदौ । राजधानीको ललितपुरमा रहेको शिक्षक विकास बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक सधारणसभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।

ललितपुर लगनखेलमा रहेको सहकारीको बार्षिक सधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्याक्ष मिनराज कँडेलले सहकारीको विकासबाट मात्रै मुलुकको गरिबी अन्त्य हुने विचार व्यक्त गरेका छन् । लामो समय सहकारी अभियानमा सक्रिय कँडेलले भने, ‘विश्वमै सबैभन्दा ठूलो अन्तराष्ट्रिय नेटवर्क भएको सहकारीलाई संविधानमा उल्लेख भए अनुसार तीन खम्बे अर्थनीति अनुसार विकास गरेर अघि बढाउन सकेको खण्डमा संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्य निर्धारित समयमा नै पुरा हुनेछ र नेपालीले पनि समृद्धि प्राप्त गर्न सक्नेछन् ।’ कँडेलले नेपालमा ६१ लाख मानिस सहकारी चेनमा आबद्ध भएको बताउँदै सरकारले चाँडो सहकारी ऐन जारी गरेर सहकारी क्षेत्रका संस्थागत विकास अघि बढाउनुपर्ने बताए । उनले वर्तमान सरकारलाई जतिसक्दो चाँडो सहकारी ऐन पास गर्न आग्रह समेत गरे ।

कार्यक्रममा केन्द्रीय सहकारी बैंकका सञ्चालकद्वय रामहरि बजगाई, रामशरण घिमिरेले समेत मन्तव्य राखेका थिए । जिल्लामा सामुदायिक तथा निजि विद्यालयमा आबद्ध शिक्षकहरु सदस्य रहेको सहकारीको बार्षिक सधारणसभामा सहकारी संघ ललितपुरका उपाध्यक्ष रामशरण बस्नेत, स्कोप साकोशका अनिलबीर बज्रचार्य, उपसचिव शालिकराम भुषाललगायतका अतिथिहरुले आफ्नो मन्तव्य राखेका थिए ।

सहकारी संस्थाका अध्यक्ष रामकाजी बस्न्यातको सभापतित्वमा सम्पन्न बार्षिक सधारणसभामा सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट पेश गरिएका प्रतिवेदनहरु पास भएको सो संस्थाले जनाएको छ ।

शिक्षक विकास सहकारीले गत आवमा २७.८ प्रतिशत कारोबार बृद्धि गर्न सफल भएको छ । संस्थामा दुई करोड चार लाख ६५ हजार पाँच सय ४० रुपैयाँ बचत गरी कूल दुई करोड ८३ लाख १२ हजार छ रुयैयाँ कारोबार गर्न सफल भएको छ । संस्थाले २५ लाख ६४ हजार ५६५ रुपैयाँ आम्दानी गर्न सफल भएको वित्तिय विवरणमा उल्लेख छ । संस्थाले गत आबमा ८२ हजार ३६३ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

सहकारी संस्थाले बार्षिक सधारणसभाको अवसर पारेर ‘शिक्षक विकास दीर्घ सेवा सम्मानबाट दुई जना शिक्षक, जेष्ठ सदस्य सम्मान अन्तर्गत एक जनालाई सम्मानित गरेको छ । उक्त कार्यक्रमबाट गुरु सम्मानित हुनुहुने डा. दीन्बन्धु शार्मा, दीर्घ सेवि सम्मान प्राप्त गर्नुहुने पुष्पलक्ष्मी सैजु, जलासिंह लाकौल, विधावारिधी प्राप्त गरी सम्मानित हुने डा. दिपेश न्यौपाने, सस्थाको जेष्ठ सदस्य सम्मान पुर्व परीक्षा नियन्त्रक गजेन्द्रलाल प्रधान, असल बचत कर्ता, असल कारोबार कर्ता, असल खुत्रुके बचत कर्ता, असल कोपिला बचत कर्ता, सेवा प्रवेश सम्मान, स्तरोन्नति सम्मान, पुस्तकालयलाई पुस्तक दान गर्नु हुनेलाई सम्मान, अक्षय कोषमा रकम दान गर्नुहुनेलाई सम्मान गरिएको थियो ।

२०७४ सालमा एसईई र उच्च माध्यमिक तह उत्तिर्ण गर्ने संस्थाका सेयर सदस्यका छोरा छोरीहरुलाई सम्मान समेत गरेको छ । बार्षिक सधारणसभामा बालनृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो प्रतियोगितामा सन्तानेश्वर मावि प्रथम भएको छ ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष बस्नेतले सधारणसभा सफल पार्न भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै सेयर सदस्यहरुको सहयोग र उत्साहबाट आफूलाई अझै प्रेरणा मिलेको धारणा व्यक्त गरेका थिए । त्यस्तै संस्थाका सञ्चालक समिति समिति, लेखा समिति, सबै उपसमिति, कर्मचारी, प्रेस लगाएत सबैलाई धन्यवाद ज्ञापन गर्दै सधारणसभा समापन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्