Logo

वर्ल्डलिंकको इमेल काण्डको भित्रि रहस्य बाहिरियो



काठमाडौं, १९ भदौ । गत हप्ता बिहीबार, वर्ल्डलिंक कम्युनिकेशनको नामबाट एउटा इमेल सञ्चारमाध्यममा आयो । इमेलको माथि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानको लोगो थियो ।

इमेलमा आइस्पानकै धारणा थियो, तर इमेल वर्ल्डलिंकबाट आएको थियो । सोहीअनुसार सबै सञ्चारमाध्यममा समाचार पनि प्रकाशन र प्रसारण भए ।

तर, त्यो इमेल आइस्पानको आधिकारिक नभएको रहस्य खुलेको छ । साथै ईमेलमा उल्लेख गरिएका कुरा ९समस्या० वर्ल्डलिंकबाहेक अन्य कम्पनीहरूमा नरहेको पनि खुल्न आएको छ ।

आइस्पानको अध्यक्षसमेत रहेका वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले आफ्नो कम्पनीको कमजोरी लुकाउन पदको दुरुपयोग गरी अन्य कम्पनीलाई बलीको बोका बनाएको रहस्य खुलेको हो ।

यस्तो थियो वल्र्डलिंक कम्युनिकेसनले पठाएको ईमेल

ईमेलमा गुगल एप्लिकेशन र युट्युब ढिलो खुल्नुको कारणबारे खुलाईएको छ । ईमेलमा भनिएको छ । ‘यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटनाप्रति गम्भीर ध्यानकार्षण भएको छ’ । ईमेलमा थप लेखिएको छ कि यो समस्या नेपालका इन्टरनेट कम्पनीका कारण नभइ गुगलका कारण भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot