Logo

देउवालाई सशांकको चेतावनीयुक्त फोन :मैले सिफारिश गरेको नाम तलमाथि गरे ठीक हुँदैन्



काठमाडौं, २० भदौ । नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा एक सय ३६ वटै स्थानमा उम्मेद्धवारको नाम टुँगो लगाएको छ ।

पार्टीको टिकट वितरण समितिका(संयोजक) महामन्त्री डा. सशांक कोइराला हुन् । उनले आफूले सिफारिश गरेर बुझाएको नाम तलमाथि हुने आशंका आफूलाई भएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर आफूले सिफारिश गरेको नामहरु नकाट्न चेतावनी दिएकाहुन् ।

मंगलबार अपरान्त महामन्त्री कोइरालाले पार्टी सभापति देउवालाई फोन गरेको स्रोतको दाबी । कोइराला र देउवावीचको फोनबार्ता उल्लेख गर्दै स्रोतले भन्यो,‘शेरबहादुरजी मैले बनाएको नाम लिष्टमा चेन्ज गरे विवाद आउँँछ, एक ईन्चपनि त्यो लिष्टका नामहरु तलमाथि नगर्नुहोस्, एउटापनि नाम नकाट्नुहोस्।’

२ नम्बर प्रदेशमा आफूले भनेका नेताहरुलाई मात्रै उम्मेद्धवार बनाउनुपर्ने जिकिर गर्दै विमलेन्द्र निधिले देउवालाई दबाब दिएको थाहा पाएपछि महामन्त्री कोइरालाले देउवालाई फोन गरेर आज यस्तो चेतावनी दिएकाहुन् ।



प्रतिक्रिया दिनुहोस्