Logo

बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण



काठमाडौँ, २० भदौ । हरिप्रिया–प्रकाश भण्डारी फाउन्डेसनले बाढी पीडितका लागि रु दुई लाख बराबरको खाद्यान्नसहितको राहत सामाग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले आज नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको उपस्थितिमा नेपाल तरुण दलमार्फत उक्त सामग्री महासचिव भुपेन्द्रजंग शाहीलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा महामन्त्री डा कोेइरालाले उक्त सहयोगको प्रशंसा गर्दै तराई मधेसमा बाढी र डुबानबाट पीडित जनतालाई राहतका लागि सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

फाउण्डेसनका तर्फबाट काँग्रेसका युवा नेता क्षीतिज भण्डारीले चामल, दाल, तेल, नुन, चिउरा, त्रिपालसहित सामग्री हस्तान्तरण गर्दै राहत सामग्री पीडित जनतालाई उचित तवरले वितरण गर्न आग्रह गर्नुभयो ।

फाउण्डेसनले यसअघि नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, नेपाल रेडक्रस सोसाइटी कैलाली र काँग्रेसका विभिन्न नेताहरु मार्फत तराईका बाढी पीडित जनतालाई लाखौँको राहत सामग्री हस्तान्तरण गरिसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot