Logo

कांग्रेस नेता भण्डारी भन्छन्, “स्थानीय निकायको चुनावलगत्तै देशले सही बाटो लिन्छ”



भदौ २१, काठमाण्डौ । स्थानीय निकायको चुनावलगत्तै देशले सही बाटो लिने नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भण्डारीले चुनावपछि संविधान कार्यान्वयन र विकास दुवै पाटोमा देशले सही ट्रयाक लिने बताएका हुन् ।
तेस्रो चरणको स्थानीय तहको चुनावले देशलाई एकतावद्ध बनाउने नेता भण्डारीको तर्क छ । प्रदेश नम्बर २ को चुनावका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको तालमेललाई पहिलो प्राथमिकतामा राखेको बताए । नेता भण्डारीले माओवादीबाहेक अन्य साना दलसँग पनि परिस्थिती अनुकुल हुने गरी चुनावी तालमेल गर्न सकिने बताएका छन् ।
नेपाली कांग्रेसले तराई मधेको विकासका लागि प्रतिवद्ध भएर लाग्ने एजेण्डासहित चुनावमा सहभागि हुने बताए ।



प्रतिक्रिया दिनुहोस्