Logo

निर्वाचन लक्षित कार्यक्रमका लागि पत्रकार ऋषि धमला प्रदेश नम्बर २ मा



भदौ २२, काठमाण्डौ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनलाई सफल बनाउने उद्देश्यसहित विहिबार मधेश प्रस्थान गरेका छन् । निर्वाचन हुने आठै जिल्लामा साक्षात्कार कार्यक्रमको लक्ष्य लिएर धमला मधेश गएका हुन् ।
“सबै जिल्लामा पुगेर दलका नेताहरुसँग साक्षात्कार गर्छु । मतदाताको मागलाई नेतासमक्ष पु¥याउने वातावरण तयार गर्दै मतदानमा बढिभन्दा बढि मतदाताको सहभागिताका लागि मेरो उपस्थिती रहनेछ ।” धमलाले भने ।
विहिबार नै जनकपुर पुगेर धमलाले दिउँसो १ बजे जनकपुरमा जनता र नेतालाई एक ठाउँमा राखेर साक्षात्कार कार्यक्रम गर्दैछन् । त्यस क्षेत्रको विकास र जनताको पक्षमा काम गर्नका लागि नेताहरुलाई दबाब दिने उद्देश्यले चुनाव हुन लागेका आठैवटा जिल्लामा पुगेर दबाबमुलक कार्यक्रम गर्ने धमलाले बताएका छन् ।
मधेशका जनता र नेताहरुलेसमेत त्यस क्षेत्रमा पुगेर निर्वाचनलाई सहयोग पुग्ने गरी कार्यक्रम गरिदिन अनुरोध गरेकाले आफु त्यसतर्फ लागेको धमलाले बताए।



प्रतिक्रिया दिनुहोस्