Logo

एमालेमात्रै होईन, कांग्रेस र माओवादीलेपनि मधेशलाई विभेद गरेका छन् : राजपा नेता पाण्डे



जनकपुर, २२ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका सह–महामन्त्री रमण पाण्डेले एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले अबको निर्वाचनमा एमालेलाई मधेशी जनताले देखाईदिने चेतावनी दिए ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एशोसियसनको कार्यालयमा आयोजना गरेको ‘प्रदेश नम्बर २ को निर्वाचन : दलहरुको सहभागिता’ नामक विशेष अन्तरक्रियामा बोल्दै उनले एमालेमात्रै नभएर मुख्य दलहरु कांग्रेस र माओवादी केन्द्रपनि मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले भने,‘संविधान जारी गर्दा यी तीन ठूला दलहरु मिलेर जारी गरेका हुन्, एउटा पार्टीलाई मात्रै दोष दिनुहुँदैन्।’

यो पटकको निर्वाचनमा मधेशी जनताले ठूला दलहरुलाई भोट नदिने उनको विश्वास थियो । पाण्डेले थपे,‘मलाई विश्वास छ, जनताले यस पटक आफूहरुलाई धोका दिनेलाई कुनैपनि हालतमा भोट दिनेछैनन्।’



प्रतिक्रिया दिनुहोस्