Logo

पत्रकार धमलाद्धारा हर्ट विट एफएमको उद्‌घाटन



काठमाडौं, २३ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले रुपन्देहीमा आज बाट प्रशारण प्रारम्भ हुन लागेको हर्ट विट एफ ।एम। ९१।३ मेघाहर्जको उद्‌घाटन गरेका छन् ।

उक्त रेडियोको उद्धघाट्न गर्दै पत्रकार धमलाले भने,‘रेडियोको पहुँच र प्रभाव अहिले समाजमा बढेको छ, हुन त रेडियो आँफैमा जनमुखी छ, रेडियोले जनतालाई तत्काल सही सुचना दिन सक्छ, त्यसैले हाम्रो समाजमा रेडियोको अझ धेरै महत्व छ।’

धमलाले उक्त रेडियोलाई सबैको मनमा बस्न सफल होस् भनेर शुभकामना समेत दिए । उनले थपे,‘रेडियो साझा बनोस्, कानुनी राज्यको लागि सशक्त बनोस्।
पत्रकारिता अब आर्थिक क्रान्तिमा बढि केन्द्रित हुनुपर्ने समेत उनले बताए ।

उनले भने,‘हामीले हिजोका दिनमा राजनीतिक पत्रकारिता धेरै गर्यौं, अब हामीले मुलुकको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्छ, त्यही अनुसार पत्रकारितालाई पनि रुपान्तरण गर्न आवश्यक छ।’

उनले मुलुकको विकासको लागि हामी सबै मिलेर अघि बढ्नुपर्ने समेत स्पष्ट पारे । धमलाले थपे,‘०७४ चाडपर्वलाई निर्वाचनमय बनाउनुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नको लागि पनि चुनाव अनिवार्य आवश्यकत्ता हो।’

उक्त रेडियोको अध्यक्ष कृष्णप्रसाद भट्टराई हुन् ।

कार्यक्रममा जिल्लाका गन्यमान्य व्यक्तिहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले समेत शुभकामना दिएका थिए ।

त्यस्तै जिल्लाका सुरक्षा निकायका प्रमुखरुको समे उपस्थिति थियो । त्यस्तै, नगरपालिकाका मेयर पनि थिए ।

पत्रकार धमलालाई रेडियोले आज अभिनन्दन समेत गरेको थियो । रेडियोको अध्यक्ष भट्टराईले भने,‘सबै जनताले मन पराएको पत्रकारको नाम हो–ऋषि धमला हुन्, उहाँले मुलुक र जनताको लागि सक्रिय रुपमा काम गर्नुभएको छ, उहाँको मेहनत र खटाई हामी सम्पूर्ण पत्रकारितामा आवद्ध हुने साथीहरुको लागि सँधै प्रेरणाको स्रोत बनेको छ।’



प्रतिक्रिया दिनुहोस्