Logo

प्रदेश नम्बर २ को चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको आरोप



भदौ २७, काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने दाबी गर्दै आए पनि त्यसो हुन सकेको छैन । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

सबैजसो दलले २ नम्बर प्रदेशको चुनावमा स्कलु पढ्ने बालबालिका प्रयोग गरेको पाइएको छ ।
दलको चुनावी कार्यक्रममा स्कलु बालबालिकाको प्रयोग भइरहे पनि निर्वाचन आयोगले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

रिपोर्टस क्लब नेपालले सप्तरीको राजबिराजमा गरेको साक्षात्कार कार्यक्रममा सरोकारवालाले चुनावमा बालबालिकाको प्रयोग भइरहेको आरोप लगाएका थिए । निर्वाचन आयोगले आचारसंहिता पालना गराउन नसकेको कतिपयको आरोपसमेत छ ।



प्रतिक्रिया दिनुहोस्