Logo

मुग्लिङ नारायणगढ सडक रोकियो



नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा आज साँझ सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार साँझ ७:४० बजे चट्टानसहितको पहिरो खसेको हो   

पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ। चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उनले बताए।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ। सो सडकको आजै भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिनुभएको थियो।

सोमबार राति परेको पानीले सडक हिलाम्मे भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ।नारायणगढबाट मुग्लिन पार गर्न आज कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्